एकैदिन ३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य,आज कारोबार कतिमा ?
प्रकाशित मिति: मंगलबार, कार्तिक २५, २०७७ | १२:२७:१९
काठमाडौं,२५ कार्तिक ।
मंगलवार (आज) नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ तोकिएको छ। आइतबार सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ थियो। एक सातासम्म लगातार बढेको मूल्य एकै दिनमा घटेको हो।
त्यस्तै चाँदीको मूल्य पनि प्रति तोला ७० रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला १२८५ रुपैयाँ थियो।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५, २०७७ |
१२:२७:१९
3741


















