उवासंघ खैरहनीको नवनिर्वाचित कार्यसमितिलाई सम्मान
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७ | १९:४८:३८
चितवन ,२४ माघ।
उद्योग वाणिज्य संघ खैरहनीको नवनिर्वाचित टोलीलाई आज सम्मान गरिएको छ । उद्योग वाणिज्य संघको कार्यसमितीलाई आज खैरहनी ८ मा रहेको आहार क्याफेले आज खादा र सम्मान पत्रले सम्मान गरेको हो ।
क्याफेमा आयोजित एक कार्यक्रममा क्याफेका संचालक विजन खानल र सागर अधिकारीले उवासंघको अध्यक्ष दिपेन श्रेष्ठ सहितको कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा बोल्दै संघका अध्यक्ष श्रेष्ठले आफू र आफ्नो टिम सदैव व्यवसायीको हक र हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै कुनै पनि व्यवसायीलाई केहि समस्या परे उद्योग वाणिज्य संघलाई सम्झना आग्रह समेत गरे ।
प्रकाशित मिति : शुक्रबार, माघ २३, २०७७ |
१९:४८:३८
4511



















