दर्जनभन्दा बढी कलाकार कांग्रेसमा प्रवेश गरे
काठमाडौँ,३ फागुन ।
नेपाली चलचित्र क्षेत्रका एक दर्जनभन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वरिष्ठ चलचित्रकर्मी नीर शाहको अगुवाइमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेसले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले बिभिन्न कलाकार तथा चलचित्र क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई पार्टी प्रवेश गराएका हुन् । मेकअप आर्टिस्ट सन्तु तामाङ, वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जन, वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिहँ राणा, नेपाल चलचित्र संघका उपमहासचिव एवम् चलचित्र वितरक गोपाल कायस्थ कांग्रेसमा प्रवेश गरेका छन् ।
त्यसैगरी, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, कथा लेखक अभिमन्यु निरवी चलचित्र पत्रकार संघ नेपाल उपाध्यक्ष दीपज्योति थापा, निर्मातारकलाकार प्रभाकर श्रेष्ठ, निर्माता तथा कलाकार सुनिल श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सबिन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठ लगायत पनि कांग्रेस प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गराउँदै कलाकारले देश निर्माणमा महत्वपूर्ण योगदान दिने उल्लेख गरेका थिए ।


















