नेपालमा आज १ सय २५ जना कोरोना संक्रमित थपिए , ९१ जना निको
काठमाडौं,५ फागुन ।
बुधबार नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।
३ हजार ८ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जना संक्रमित थपिएका हुन। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २७ हजार ७ सय ८९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९१ जना निको भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।
यस्तै, हालसम्म ७२ जना क्वारेन्टीनमा रहेका छन् । नेपालमा निको हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ । य स्तै, देशभर हाल ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।