३ हजार ५ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जना संक्रमित थपिए,३ जनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०६, २०७७ | १६:१७:४६
काठमाडौं,६ फागुन ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ९६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ जना पुगेको । जसमध्ये १ हजार ६ सय ३ जना सक्रिय संक्रमित छन्। हाल सम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३१ हजार ३ सय ३० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५८ जना पुगेको छ। हाल ७१ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०६, २०७७ |
१६:१७:४६
1651