प्रचण्ड-नेपाल पक्षद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०६, २०७७ | १७:११:१०
काठमाडौं,६ फागुन ।
प्रतिनिधि सभा विघटनपछि देशव्यापी विरोधका कार्यक्रम गर्दै आएको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले टुँडिखेल वरिपरि मानव साङ्लो बनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेता योगेश भट्टराईले जानकारी दिए ।
मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।
मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौँ रोक्छौँ,बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका पम्प्लेटहरु शरीरमा टाँसेका थिए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०६, २०७७ |
१७:११:१०
2377