
काठमाडौं,१९ फागुन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । निजामती अस्पतालमा देउवाले कोभिसिल्ड खोप लगाएका हुन् । यसअघि आजबाट नै राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन् । खोप अभियान तीन दिनसम्म जारी रहनेछ ।
सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।
शीर्ष नेताहरुले कोरोना विरुद्धको खोप लगाइरहँदा प्रधानमन्त्रीले भने खोप कहिले लगाउने भन्ने विषय टुंगोमा पुगेको छैन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री अोलीले अग्रपंक्तिमा रहेका सबै व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्छ भनेकाले तत्काल खोप लगाइहाल्यो योजना नरहेको बताएको छ । यद्यपी प्रधानमन्त्रीले छिट्टै खोप लगाउने स्रोतले बतायो ।
संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी समेत गरी १५ सयलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ ।