नेम्वाङको प्रश्न : नेकपाको बैठक नै बसेको छैन, कसले गरेछ कारबाही ?

काठमाडौं,१९ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफूलाई कारबाही गर्ने कुरा हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् ।

नेकपाको अर्को समूह, दाहाल–नेपाल पक्षले नेकपाका नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन दिँदै पार्टी स्थायी कमिटीबाट ६ महिनालाई निलम्बन गरेको थियो । कारबाहीको मिति गुज्रिएपछि पार्टी हितअनुकूल

नेम्वाङले आधिकारिक नेकपाको कुनै बैठक नरहेको र आफूलाई कारबाही गर्न पनि नसक्ने जानकारी दिए । “निर्वाचन आयोगले आधिकारिक भनेको, केपी शर्मा ओली प्रथम अध्यक्ष, पुष्पकमल दाहाल प्रचण्ड द्वितीय अध्यक्ष रहेको नेकपाको कुनै बैठक छैन । बैठक महासचिवले बोलाउने स्पष्ट प्रावधान छ । उहाँले बैठक भनेर खबर पनि गर्नुभएको छैन । कसले कहाँ बसेर के निर्णय ग¥यो त्यो मैले थाहा पाउने कुरा भएन,” उनले  भने ।

कारबाहीको विषयबारे कसैले जानकारी नगराएको र सोधीखोजी पनि नगरेको उनको भनाइ थियो । पुस ५ गतेपछाडि नेकपामा एउटाले अर्को पक्षलाई कारबाही गर्ने स्पर्धा नै चलेको छ । पुस ५ गते दाहाल–नेपाल समूहले ओलीलाई पार्टी अध्यक्षबाट अनुशासनको कारबाही गर्ने र अनुमोदनका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । पुस ७ गते बसेको तेस्रो केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो । ९ गते सकिएको केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाएर माधवकुमार नेपाललाई समान हैसियतको अध्यक्ष चयन गरेको थियो ।

 

बाह्रखरीबाट साभार