एक सय ६५ सांसदहरूले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं,१९ फागुन ।

सरकारले बुधबारबाट सांसदलाई कोरोना खोप लगाउन थालेको छ । बुधबार एक सय ६५ सांसदले कोरोना खोप लगाएका छन् । संसद् सचिवालयले दिएको जानकारीअनुसार एक सय ६५ जना सांसद र तीन सय १७ जना अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायतले खोप लगाएका छन् ।

जम्मा चार सय ८२ जनाले बुधबार खोप लगाएको सचिवालयको भनाइ छ ।

२३ फागुनदेखि प्रतिनिधिसभा बैठक सञ्चालन हुने भएपछि त्यसअघि संघीय संसद्का सांसद, कर्मचारीहरूलाई कोरोना खोप लगाइएको हो । २० र २१ फागुनमा पनि खोप लगाउने तय गरिएको छ ।

बुधबार सभामुख, सांसदहरूलगायतले खोप लगाए भने बिहीबार र शुक्रबार संघीय संसद्का कर्मचारीलाइ खोप लगाइनेछ ।