आचार्यको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
प्रकाशित मिति: शुक्रबार, चैत्र २७, २०७७ | २०:२५:३५
चितवन, २७ चैत ।
भरतपुर १३ गंगानगरको विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय टीकाराम आचार्यको पून्यतिथि पारेर गंगानगर माध्यमिक विद्यालयमा ५० हजार १५१ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
गत वर्षको चैत ८ गते आचार्यको निधन भएको थियो । दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै परिवारले अक्षयकोष स्थापना गरेका आचार्यका ज्वाइँ सुदीप भट्टले जानकारी दिए । अक्षयकोष वापतको रकम आचार्य परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप सुवेदीलाई हस्तान्तरण गरेका थिए ।
सो अक्षयकोषबाट प्राप्त हुने रकमबाट विद्यालयको शैक्षिक विकासमा टेवा पु¥याउने आचार्य परिवारको विश्वास छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले उक्त अक्षयकोष विद्यालयमा अध्यायनरत गरिब, जेहनदार विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा खर्च गरिने बताए ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २७, २०७७ |
२०:२५:३५
4599


















