लागुऔषध गाँजासहित एक जना पक्राउ
चितवन, २५ वैशाख ।
जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । भरतपुर–२७ का २९ वर्षीय सुदिप थापा मगरलाई २५० ग्राम गाँजासहित वैशाख २१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नारायणगढको पुलचोकबाट शरणपुरतर्फ जाँदै गरेको ना३७प ६२३१ नम्बरको स्कुटरले साइकल यात्री जमिर अतरलाई ठक्कर दिएर भाग्न खोज्दा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खोजेका सुदिपलाई नियन्त्रणमा लिइ उनको शरिर खोजतासी गर्दा उनले लगाएको कालो ज्याकेट भित्र कागजमा पोको पारी राखिएको २३ पोका गाँजा बरामद गरिएको प्रहरीले समावेसी खबरलाई जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार २३ वटा पोका पारी प्लाष्टिकभित्र लुकाएर राखेको अवस्थामा २५० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।



















