भारतमा पुनः बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या
एजेन्सी,२० असार ।
भारतमा कोरोना संक्रतिको संख्यामा दैनिक गिरावट आइरहेको छ जबकी मृत्यु हुनेको संख्यामा भने उतारचढाव जारी छ । भारतमा पछिल्लो एक दिनमा कोभिड–१९ का करिब ४३ हजारभन्दा बढी संक्रमित देखिएका छन् जबकी ९५५ कोरोना बिरामीको मृत्यु भएको छ । भारतमा नयाँ संक्रमितको तुलनामा कोरोनाबाट निको हुनेको संख्यामा लगातार वृद्धि भएको छ । भारतमा राष्ट्रिय स्तरमा कोभिड–१९ बिरामीको निको हुने दर ९७.०९ प्रतिशत पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ २४ घण्टामा कोरोनाका ४३,०७१ नयाँ संक्रमित भेटिएका छन् । जबकी यतिबेला ५२,२९९ कोरोना बिरामी निको भएका छन् । यस्तै पछिल्लो एक दिनमा ९५५ कोभिड बिरामीको ज्यान गएको छ । स्मरण रहोस्, कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पुनः वृद्धि देखिएको छ । वास्तवमा, शनिबार जारी स्वास्थ्य मन्त्रालयको आँकडाका अनुसार ७३८ कोरोना बिरामीको मृत्यु दर्ता भएको थियो जबकी शुक्रबार ८५३ कोभिड बिरामीले ज्यान गुमाएका थिए । भारतमा हाल कोरोनाका ४ लाख ८५ हजार सक्रिय संक्रमित छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा आइतबार ४ जुलाई २०२१ बिहान ८ बजे जारी गरिएको कोरोनाका आँकडाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४३,०७१
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ५२,२९९
पछिल्लो २४ घण्टामा भएका कूल मृत्युः ९५५
भारतमा कोरोना संक्रमितको कूल आँकडाः ३,०५,४५,४३३
भारतमा हालसम्म निको भएका बिरामीको संख्याः २,९६,५८,०७८
भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल आँकडाः ४,०२,००५
भारतमा कोरोनाका कूल सक्रिय संक्रमितः ४,८५,३५०


















