महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि, एमाले दोस्रो स्थानमा
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | ११:३६:२०
काठमाडौं, ५ मंसिर | गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४,नेमकिपाले २५०,राप्रपाले २३२ मत प्राप्त गरेका छन । भक्तपुर–२ मा यसअघि एमालेका महेश बस्नेत बिजयी भएका थिए ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
११:३६:२०
5787



















