क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९ | १०:४०:३६
काठमाडौं, २४ मंसिर | गोलकिपर डोमिनिक लिभाकोभिचले लगातार पेनाल्टी सुट आउटमा चम्किएपछि क्रोएसियाका कतार फिफा विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ । क्रोएसियाले क्रोएसिया पाँच पटकको पूर्व विजेता ब्राजिललाई ४–२ ले हराउँदै अन्तिम चार पुग्न सफल भएको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा दुवै टोलीले एक–एक गोल गरेका थिए । यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । लिभाकोभिचले ब्राजिलका रोड्रिगोको प्रहार रोकेका थिए । यसैगरी मार्किन्होले प्रहार गरेको बल पोलमा ठोकिएको थियो । ब्राजिलको लागि कासेमिरो र पेड्रोले गोल गरेका थिए ।क्रोएसियाका तर्फबाट निकोला भ्लासिच, लेभ्रो मायर, कप्तान लुका मोडरिच र मिस्लाभ ओर्सिचले पेनाल्टीमा गोल गरेका थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर २४, २०७९ |
१०:४०:३६
6403



















