सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
प्रकाशित मिति: आइतबार, पौष १७, २०७९ | १२:२५:५५
काठमाडौं, १४ पुस । सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ताेलामा ३०० रुपैयाँले बढेर छापावाल सुन तोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मिति : आइतबार, पौष १७, २०७९ |
१२:२५:५५
10363















