ब्राजिलमा तेस्रो कार्यकालका लागि सत्तामा फर्किए लुला
प्रकाशित मिति: सोमबार, पौष १८, २०७९ | १०:३०:२६
रियो दि जेनेरियो, १८ पुस | लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको रूपमा तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले गरीब र वातावरणको लागि लड्ने र अति दक्षिणपन्थी नेता जैर बोल्सोनारोको विभाजनकारी प्रशासनपछि ‘देशको पुनर्निर्माण’ गर्ने वाचा गरे । हालैका दिनहरूमा मृत्यु भएका ब्राजिलका फुटबल लिजेन्ड पेले र पूर्व पोप बेनेडिक्ट १६औँ को लागि एक मिनेट मौन धारण गरेर सपथ ग्रहण सुरु भएका थिए । ७७ वर्षीय दिग्गज वामपन्थीले यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका थिए ।
प्रकाशित मिति : सोमबार, पौष १८, २०७९ |
१०:३०:२६
9219



















