ग्लोबल र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ
प्रकाशित मिति: सोमबार, पौष २५, २०७९ | १२:३१:३२
काठमाडौँ, २५ पौष । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जर प्रश्चात आजदेखि एकीकृत कारोबार सुरु भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट कारोबार सुरु भएको छ । एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्ब भन्दा बढि पुग्नेछ ।मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ ।
प्रकाशित मिति : सोमबार, पौष २५, २०७९ |
१२:३१:३२
9197















