आज सेयर बजार बन्द
प्रकाशित मिति: बुधबार, पौष २७, २०७९ | १२:४०:२९
काठमाडौं, २७ पुस । सेयर बजार बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएकाे हाे । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएकाे हाे । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ ।
प्रकाशित मिति : बुधबार, पौष २७, २०७९ |
१२:४०:२९
8251




















