सुनको मूल्य ५०० रुपैयाँले घट्यो
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ | १२:१६:३५
काठमाडौं, १७ माघ । सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको छ ।
प्रकाशित मिति : मंगलबार, माघ १७, २०७९ |
१२:१६:३५
6645















