विजय लघुवित्तको सेयर कारोबार रोका
प्रकाशित मिति: बिहिबार, माघ २६, २०७९ | २१:४६:२३
काठमाडौं, २६ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । विजय लघुवित्तले लाभांश सम्बन्धी बसेको सञ्चालक समितिको निर्णय समयमै नेप्सेलाई जानकारी नगराएपछि काराबाही गरेको हो । कम्पनीले लाभांश वितरण गर्ने निर्णय माघ १० गते गरेको थियो तर नेप्सेलाई भने बुधबार (माघ २५ गते) बेलुकी ६:३५ बजे मात्र जानकारी गराएको हो । मूल्यसँग सम्बधित् संवेदनशील सूचना तथा जानकारी प्रवाहमा विलम्ब गरेको भन्दै नेप्सेले यस लघुवित्तको सेयर कारोबार बिहीबारदेखि रोक्का गरेको हो । विजय लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण दिने निर्णय गरेको थियो । नेप्सेले सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ २६, २०७९ |
२१:४६:२३
9813













