आशा लघुवित्तकाे लाभांश दर संशोधन
प्रकाशित मिति: मंगलबार, फाल्गुण १६, २०७९ | १४:१६:४३
काठमाडौं, १६ फागुन । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन भएको छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कायम गरेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत लाग्ने कर प्रयोजनार्थ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको थियो । संशोधित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले फागुन १५ गते आफ्नो चुक्ता पुँजीको १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको पत्र अनुसार लाभांश संशोधन भएको हो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १६, २०७९ |
१४:१६:४३
9307















