राहदानीका लागि चितवनमा आजदेखि अग्रिम अनलाइन आवेदन खुल्दै
प्रकाशित मिति: बुधबार, फाल्गुण १७, २०७९ | ९:००:३०
चितवन, १७ फागुन ।
जिल्ला प्रशासन कार्यालय चितवनले राहदानीका लागि अग्रिम अनलाइन आवेदन आज दिउँसो १२ बजेदेखि खोल्ने भएको छ । प्रशासन कार्यालयले यसअघि एक महिनाको लागि तीन हजारको संख्यामा अनलाइन फारमको आवेदन खोलेको थियो ।
उक्त आवेदन सकिएपछि पुनः अग्रिम आवेदन खोल्न लागिएको हो । कार्यालयले अब भने १० दिनको लागि करिब एक हजारको संख्यामा अग्रिम आवेदन फारम खोल्न लागेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द वंश न्यौपानेले जानकारी दिए । कार्यालय खुल्ने दिनमा प्रति दिन १२० जनालाई सेवा दिनेगरी अग्रिम अनलाइन आवेदन खुला गर्न लागिएकाे न्याैपानेले बताए ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १७, २०७९ |
९:००:३०
7371



















