सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनस सेयर घोषणा
प्रकाशित मिति: बुधबार, फाल्गुण १७, २०७९ | १५:११:२८
काठमाडौं, १७ फागुन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर घोषणा वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८–८० को नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज प्रक्रियामा गएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट २०७८ चैत १२ गतेबाट एकीकृत कारोबार गरेको थियो । कम्पनीका अनुसार २ वर्षसम्म लाभांशमा कर छुट हुने र कर प्रयोजनका लागि कर बापतको नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जानकारी गराएको छ । कम्पनीले चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण १७, २०७९ |
१५:११:२८
12079













