आज नेप्से २२ अंकले वृद्धि, कारोबार रकम सवा अर्ब बढी
प्रकाशित मिति: सोमबार, चैत्र ०६, २०७९ | १५:५३:४९
काठमाडौँ , ६ चैत्र । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.६५ अंकको वृद्धि भएको छ । योसँगै १९४९ अंकमा पुगेर रोकिएको छ । यस क्रममा एक अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज ५२ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये व्यापार समूह सबैभन्दा धेरै ९८ अंकले बढेको छ भने जीवन बीमा समूह ९४ अंकले बढेको छ । यसका साथै, निर्जीवन बीमा कम्पनी समूह ८३ अंकले बढ्दा विकास बैंक समूहमा ६२ अंकको वृद्धि आएको छ । आज आईएमई जनरल इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यो कम्पनीको सात करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एसियाको सेयर छ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ०६, २०७९ |
१५:५३:४९
5545
















