केलियन एम्बाप्पेको कप्तानीमा पुग्यो फ्रान्सेली फुटबल
प्रकाशित मिति: बिहिबार, चैत्र ०९, २०७९ | १९:३४:१९
काठमाडौँ, ९ चैत । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पराजय भोगेको तीन महिनापछि फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो । दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजय मात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ । सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान जिनेदिन जिदानले सम्हाल्ने सम्भावना बढेको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ०९, २०७९ |
१९:३४:१९
3631