बसले ठक्कर दिंदा ७५ बर्षे पराजुलीको मृत्यु
प्रकाशित मिति: मंगलबार, चैत्र २१, २०७९ | १२:३१:५३
चितवन । जिल्ला को रत्ननगर नगरपालिका १ बकुलर चोकमा बसले ठक्कर दिदा एकजना साईकल यात्रुको मृत्यु भएको छ ।
आज मंगलबार बिहान १० बजे भरतपुरबाट टाडी तर्फ आउदै गरेको बा ४ ख ८९१६ नम्बर को बसले साईकललाई ठक्कर दिदा चितवन रत्ननगर नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ७५ को कुल प्रसाद पराजुलीको ज्यान गएको हो ।
बसको ठक्करबाट घाइते भएका पराजुली को नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहान १० : ५० बजे मृत्युु भएको इलाका प्रहरी कार्यलय टाडीका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए ।
पराजुलीलाई ठक्कर दिने बस चालक मकवानपुर मनहरी गाँउपालीका बस्ने २४ बर्षका मिलन तामाङ बस सहित नियन्त्रण मा लिइ अनुसंधान भैरहेको प्र ना उ खड्काले जानकार दिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र २१, २०७९ |
१२:३१:५३
8317



















