सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न मिल्दैन : गभर्नर अधिकारी
प्रकाशित मिति: शुक्रबार, चैत्र २४, २०७९ | १६:०२:५८
काठमाडौँ, २ चैत । गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न नमिल्ने बताएका छन् । काठमाडौँमा जारी तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै उनले कानुनतः वा नीतिगत रूपमा सहकारीलाई राष्ट्र बैंकले हस्तक्षेप गर्न नसक्ने बताए ।
सहकारी क्षेत्रको विकास एवम् सुधारसँग सम्बन्धित प्यानल डिस्कसनमा आफ्नो धारणा राखेका गभर्नर अधिकारीले सहकारीलाई नियमन गर्न छुट्टै ऐन कानुनको आवश्यक पर्ने बताए । उनलेभने, ‘अहिलेकै ऐन, कानुनले सहकारीको नियमन तथा व्यवस्थापन हुँदैन । फेरि अहिलेकै कानुनले सहकारीको नियमन राष्ट्र बैंकले पनि गर्न सक्दैन । यसको आफ्नै जटिलताहरू छन् । पहिला त्यो फुकाउनुपर्यो’ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २४, २०७९ |
१६:०२:५८
2993