प्रि ओपन सेसनमा नेप्सेमा झिनो सुधार
प्रकाशित मिति: आइतबार, बैशाख ०३, २०८० | १२:३२:०४
काठमाडौँ । प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।
यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।
यता, १३ उपसूचकहरू मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित मिति : आइतबार, बैशाख ०३, २०८० |
१२:३२:०४
4555