कुल बजेटको १ प्रतिशत अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्याइने
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० | १९:०५:३०
काठमाडौँ । सरकारले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि विनियोजन गर्ने भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/ ०८१ को बजेट सार्वजनिक गर्दै कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा विनियोजन गरेको बताएका हुन् ।
अर्थमन्त्री महतका अनुसार १ अर्बको नवप्रवर्तन कोष स्थापना गरिने छ ।
प्रकाशित मिति : सोमबार, जेठ १५, २०८० |
१९:०५:३०
3345