सेयर बजार ५२.२६ अंकले बढ्याे, ४ अर्बको कारोबार
प्रकाशित मिति: आइतबार, आषाढ ०३, २०८० | १८:२१:२३
काठमाडौँ। आज साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साह आउनेक्रम आज पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।
सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ । यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ कराेड ९१ लाख ८४ हजार १६ रुपैयाँ काराेबार भएकाे छ ।
३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स र सोल्टी होटल परेका
छन् ।
प्रकाशित मिति : आइतबार, आषाढ ०३, २०८० |
१८:२१:२३
2443