नेपालले भारत ‘ए’लाई दियो १६८ रनको लक्ष्य
प्रकाशित मिति: सोमबार, साउन ०१, २०८० | १७:३४:४०
काठमाडौँ, १ साउन। नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ । इमर्जिङ एसिया कप अन्तरगत भारत ‘ए’ विरुद्ध पहिला ब्याटिङ गरेकाे नेपालले ३९ दशमलव दुई ओभरमा १६७ रन बननाएर अल आउट भयो ।
कप्तान रोहित पौडेलले कप्तानी पारी खेल्दै ६५ रन बनाए ।
३७ रनमा ५ रनको दयनीय अवस्थाबाट कप्तान रोहितले नेपाललाई सम्हालेका थिए । उनले सोमपाल कामी र गुल्शनसँग दुई अर्धसतकीय साझेदारी गरे । सोमपाल १४ रनमा आउट भएपछि क्रिजमा आएका गुल्शनले विष्फोटक अन्दाजमा खेले । रोहित र गुल्शनबीच द्रुत गतिमा ५४ रनको पार्टनरसीप भएको थियो ।
स्पिनरहरुविरुद्ध राम्रो खेलिरहेका रोहित र गुल्शन दुवै स्पिनरकै शिकार भए । उनीहरु दुवैलाई निशान्त सिन्धुले आउट गरेका हुन् । रोहितले ८५ बल खेल्दा ७ चौका प्रहार गरेका थिए भने गुल्शनले ३० बलमा दुई चौका र २ छक्का सहित ३८ रन बनाए ।
प्रकाशित मिति : सोमबार, साउन ०१, २०८० |
१७:३४:४०
3785