वालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेकपा एस राप्तीका नेता लामा पक्राउ
प्रकाशित मिति: शनिबार, साउन ०६, २०८० | १७:३३:२८
चितवन , ६ साउन । पुर्वी चितवनको राप्तीमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी राप्तीका एक नेता पक्राउ परेका छन् । राप्ती नगरपालिका वडा नम्बर २ निवासी नेकपा एकीकृत समाजवादीका स्थानीय नेता समेत रहेका २५ वर्षिय गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । एक बालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले लामालाई आज बिहान नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो । लामा नेकपा एस राप्ती २ का अध्यक्ष हुन् ।
लामालाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ ।१७ बर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको पीडितको जाहेरीको आधारमा लामालाई पक्राउ गरि कानुनी प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनीमाथी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, साउन ०६, २०८० |
१७:३३:२८
25939