घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: आइतबार, साउन ०७, २०८० | १३:०६:३०
काठमाडौं,०७ साउन | आज साताको पहिलो दिन सुन चाँदीको भाउमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यस्तै, आज आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, साउन ०७, २०८० |
१३:०६:३०
3895