‘५० लाखसम्मको सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार’
प्रकाशित मिति: आइतबार, साउन ०७, २०८० | १७:१७:२५
काठमाडौं,०७ साउन। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ०८०–८१ को सन्दर्भ स्पष्ट पारेका छन् । यस क्रममा उनले सेयर धितो कर्जामा सय प्रतिशत जोखिम भार सम्बन्ध व्यवस्थामा रहेको २५ लाखको सीमालाई बढाएको बताए ।
यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार राख्नु पर्ने व्यवस्था थियो । अब यो सीमालाई ५० लाख रुपैयाँ पुर्याइएको गभर्नर अधिकारीले जानकारी दिए । त्यसभन्दा माथिको कर्जामा एक सय ५० प्रतिशत जोखिम भारसम्बन्धी व्यवस्थालाई यथावत् राख्ने अधिकारीको भनाइ थियो ।
प्रकाशित मिति : आइतबार, साउन ०७, २०८० |
१७:१७:२५
5545

















