नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री
प्रकाशित मिति: सोमबार, साउन ०८, २०८० | १३:२६:१५
बुटवल,०८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मन्त्री महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका छन् ।
‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ,’ बुटवलमा पत्रकारसँगको कुराकानीमा उनले भने, ‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ ।’
प्रकाशित मिति : सोमबार, साउन ०८, २०८० |
१३:२६:१५
6293

















