सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० | १२:०५:५५
काठमाडौँ,१० साउन | साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम रहेको हाे । त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ ।
कारोबारको अघिल्लो दिन सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख १२ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको थियो । साथै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, साउन १०, २०८० |
१२:०५:५५
5061

















