ग्लोबल टी-२० : मोन्टरियलको लगातार तेस्रो जित, दीपेन्द्रले बनाए नटआउट २२ रन
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० | १२:१४:३५
काठमाडौँ,१० साउन | क्यानडामा जारी ग्लोबल टी-२० अन्तर्गत मोन्टरियल टाइगर्सले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा मोन्टरियलले भ्यानकोभर नाइटसलाई ६ विकेटले पराजित गरेको हो । भ्यानकोभरले दिएको १५० रनको लक्ष्य पछाएको मोन्टरियलले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको भ्यानकोभरले २० ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले मोन्ट रियलका लागि नटआउट २२ रन बनाए भने ३ ओभर बलिङ गर्दै १६ रन दिएर एक विकेट लिएका थिए । साथै फिल्डिङ गर्दै एक रनआउट समेत बनाएका थिए । यो मोन्टरियलको लगातार तेस्रो जित हो । ३ खेलमा तिनै खेल जितेर मोन्टरियलको अहिले ६ अंक रहेको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
प्रकाशित मिति : बुधबार, साउन १०, २०८० |
१२:१४:३५
2443