आँखा पाक्ने समस्याको कारण खैरहनीको शैक्षिक संस्था दुई दिन विदा
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० | १३:१९:००
चितवन , १९ साउन । खैरहनीको शैक्षिक संस्थाहरु दुईदिन विदा हुने भएको छ । पछिल्लो समय बालबालिकाहरुमा आँखा पाक्ने समस्या देखिन थालेपछी खैरहनी नगरपालिकाले दुई दिन विद्यालय विदा दिन निर्देशन दिएको छ । साउन २१ र २२ गते विद्यालय विदा दिने निर्णय भएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।
संस्थागत विद्यालय तथा कलेजहरुमा विद्यार्थीहरुमा आँखा पाक्ने समस्या देखिदै गएको जानकारी आएकाले तत्काललाई दुई दिन बिदा दिइएको नगर शिक्षा अधिकारी बानियाँले बताए । उक्त विदा विद्यालयले हिउँदे र बर्षेबिदाबाट कट्टा हुने गरि दिन भनिएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १९, २०८० |
१३:१९:००
7789



















