खेलाडी तथा महिला प्रशिक्षकहरुलाई सम्मान
चितवन, २९ साउन | शिव प्रसाद पाैडेल स्मृति प्रतिषठानले बागमती प्रदेश भित्र रहेका खेलाडी महिला प्रशिक्षक(रेफ्री)हरुलाई सम्मान गरेकाे छ । प्रदेश भित्र रहेर खेलकुदका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका २५ जना रेफ्रीलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएकाे हाे । जिल्ला खेलकुद बिकास समितिकाे समन्वयमा आयाेजना गरिएकाे साे कार्यक्रममा भलिवल,एथलेटिक्स, तेक्वान्दाे, कराँते, पाैडी, जिम्नाष्टिक लगाएतका बिधाका प्रशिक्षककाे रुपमा रहेर काम गर्दै आउनु भएका उहाँहरुलाई सम्मान गरिएकाे हाे ।
प्रशिक्षकहरुलाई सम्मान पत्र र खेल ड्रेस प्रदान गरिएकाे छ । सम्मान कमर्यक्रममा बाेल्दै नेपाली काँग्रेसकि केन्द्रीय सदस्य लक्ष्म खतिवडाले खेलकुद क्षेत्रकाे बिकासका लागि राज्यले ध्यान दिनुपर्ने वताउनुभयाे । खेल क्षेत्रकाे बिकासले मात्रै देशकाे शिर उच्च हुने उहाँकाे भनाई थियाे । खेल क्षेत्रमा महिलाहरुकाे भूमिकालाई अझै वढाउँदै लैजानु पर्ने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे “खेल क्षेत्रकाे बिकासमा महिलाकाे भूमिकालाई बिर्सनु हुदैन ।”
प्रतिष्ठानकी अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य बिनु रायमाझी पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकाेटा, भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि बासुदेव ढुड्गाना, रिकाेभरी नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुव केसी, बागमती प्रदेश क्रिकेट संघका काेषााध्यक्ष अनिल अधिकारी लगाएतले बाेल्नु भएकाे थियाे । नेपाल तरुणदल जिल्ला अध्यक्ष रहनु भएका स्व. पाैडेलकाे बि.सं. २०६८ साल पुस २ गते कारागार कार्यालय चितवनमा रहेकाे समयमा आक्रमणमा परि निधन भएकाे थियाे । पाैडेलले काँग्रेसलाई संगठित गर्न गरेकाे याेगदानका बिषयमा चर्चा गरिएकाे थियाे ।