त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, भाद्र ०६, २०८० | १२:५०:३०
काठमाडौं । त्रिशुलीमा खसेको बसमा यात्रा गरिरहेका ८ जनाको निधन भएको छ । बस काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको थियो । उक्त बस बिहान ११ बजे धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
जसमा परी ८ जनाको मृत्यु भएको प्रहरीको भनाई छ। धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् । घाइते ८ जनाको उद्धार भएको छ। घाइतेमध्ये पाँच जनालाई काठमाडौं पठाइएको बताइन्। थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ०६, २०८० |
१२:५०:३०
1607