अफगानिस्तान पाकिस्तानसँग १ विकेटले पराजित
प्रकाशित मिति: शुक्रबार, भाद्र ०८, २०८० | ९:५९:२६
काठमाडौँ । पाकिस्तानले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा लागातर दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछाएको पाकिस्तानले ४९।५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक रहेकोमा नसीम शाहले अविजित ५ बलमा १० रन बनाउदै पाकिस्तानलाई जिताएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले रह्मनुल्लाह गुरबाजको १५१ रनको पारीसँगै ५० ओभरमा ५ विकेट गुमाएर ३०० रन बनाएको थियो । यो जितपछि पाकिस्तानले ३ खेलको सिरिज २(० ले जितेको छ । अब सिरिजको अन्तिम खेल शनिबार हुने छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ०८, २०८० |
९:५९:२६
1123