बेलिङह्यामको गोलमा रियल म्याड्रिड विजयी
प्रकाशित मिति: शनिबार, भाद्र ०९, २०८० | ९:३२:५७
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ८१औं मिनेटमा जुडे बेलिङह्यामले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । जारी सिजनमा रियल म्याड्रिडको यप लगातार तेस्रो जित हो । यो जितपछि लिगमा ३ खेलमा ९ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै सेल्टा भिगोले भने जारी सिजनमा योसहित दोस्रो हार बेहोरेको छ । सेल्टाको ३ खेलमा १ अंक रहेको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र ०९, २०८० |
९:३२:५७
1519