अनुसन्धानमा प्रधानमन्त्री नै तानिए छोड्न आवश्यक छैन : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै तानिए पनि छोड्न आवश्यक नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जनतामा छाएको निराशावादीलाई चिर्न सरकारले राम्रो काम गरेको जिकिर गरे ।
भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले नीतिगत, कानुनी सुधारका कार्य अघि बढाएको उनले बताए । उनले कसैलाई बचाउने र कसैलाई अप्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम नगरिएको उल्लेख गरे । ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन, मेरो पार्टीको त के कुरा’ प्रधानमन्त्री प्रचण्डले भने । भ्रष्टाचार प्रकरणलाई तथ्य र प्रमाणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन् ।