इत्तिफाकमाथि अल हिलालको सहज जित
प्रकाशित मिति: मंगलबार, भाद्र १२, २०८० | १३:१७:४७
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल इत्तिफाकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल इत्तिफाकलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा मालकम र सलेम अलदावसारीले एक एक गोल गरेका थिए । अल हिलालको जारी लिगमा यो ४ खेलमा तेस्रो जित हो । यो जितपछि अल हिलालको ४ खेलमा १० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै अल इत्तिफाकले भने यस सिजनमा पहिलो हार बेहोरेको छ । इत्तिफाकको ४ खेलमा ७ अंक भएको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र १२, २०८० |
१३:१७:४७
6227



















