आइतबार तोलाकाे कति पुग्यो सुनको मूल्य ?
प्रकाशित मिति: आइतबार, भाद्र १७, २०८० | १३:५०:४५
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार छ सय तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १७, २०८० |
१३:५०:४५
5743














