युरोकप छनौटमा फ्रान्सको लगातार पाँचौं जित
प्रकाशित मिति: शुक्रबार, भाद्र २२, २०८० | १२:४०:०५
काठमाडौँ । युइएफएफ युरो कप छनौटमा फ्रान्सले लगातार पाँचौं जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकप छनौटमा लगातार पाँचौं जित हासिल गरेको हो । फ्रान्सको जितमा अउरेलीएन टचोउआमेनी र मार्कस थुरामले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह बि मा रहेको फ्रान्सको ५ खेलमा १५ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी आयरल्याण्डको भने ४ खेलमा केवल ३ अंक रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २२, २०८० |
१२:४०:०५
1101