माण्डु हाइड्रोपावरको आइपीओ आईतबार बाँडफाँड हुने
प्रकाशित मिति: शुक्रबार, भाद्र २२, २०८० | १८:०८:२५
काठमाडौं । माण्डु हाइड्रोपावरको आइपीओ आईतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो । यस आइपीओमा ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख ९५ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका हुन्।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.८७ गुणा बढी आवेदन हो । त्यसैले, माण्डु हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसअनुसार भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १०/१० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीको शेयरमा ८ लाख ५९ हजार ५२३ आवेदकको हात खाली हुने भएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २२, २०८० |
१८:०८:२५
1255