रेमिट्यान्स २५ प्रतिशतले बढ्यो, यस्तो छ देशको वर्तमान आर्थिक अवस्था
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको एक महिनाको तथ्याङक अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो। राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हाे। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । सार्वजनिक विवरण अनुसार नेपाल सरकारको खर्च कुल ३५ अर्ब ४ करोड रहेको छ ।
समीक्षा अवधिमा चालु खर्च १२ अर्ब १४ करोड रुपैयाँ र पूँजीगत खर्च ८२ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च २२ अर्ब ८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घटेको थियो । त्यस्तै, साउन मसान्तसम्ममा बैंकमा सरकारका विभिन्न खातामा २०८ अर्ब ९३ करोड रुपैयाँ नगद र्मान्दात रहेको छ । यस अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ५ करोड र स्रोत परिचालन ८ अर्ब ३५ करोड रहेको छ ।