सुनकाे भाउ बढ्याे, ताेलाकाे कति पुग्याे ?
प्रकाशित मिति: मंगलबार, आश्विन ०२, २०८० | १३:४१:१२
काठमाडौं । साताको तेस्रो दिन मगंलबार सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको हो ।
महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०२, २०८० |
१३:४१:१२
419