एम्बाप्पे र हाकिमीको गोलमा पिएसजी विजयी
प्रकाशित मिति: बुधबार, आश्विन ०३, २०८० | ८:०८:५९
काठमाडौँ । पिएसजीले यस सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा पिएसजीले डोर्टमण्डमाथि २-० को जित निकाल्दै विजयी शुरुवात गरेको हो । पिएसजीको जितमा किलियन एम्बाप्पे र अचरफ हाकिमीले एक एक गोल गरेका थिए ।
यो जितसँगै समुह एफ मा रहेको पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । त्यसैगरी यस समुहमा रहेका एसी मिलान र न्यूक्यासल भने गोलरहित बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका छन् । पिएसजीले अब च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल अक्टोबर ५ मा न्यूक्यासल युनाइटेडविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रकाशित मिति : बुधबार, आश्विन ०३, २०८० |
८:०८:५९
10297



















